१४ कार्तिक २०८३, शनिबार

भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ फागुन । सुर्खेतको भेरी नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका छन्। सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाटस्थित रानीबगर घाट भेरी नदीमा नुहाउने क्रममा ३ जना बालबालिका बेपत्ता भएका हुन्।

शनिबार साँझ ५ बजेको समयमा उनीहरू बेपत्ता भएका जिप्रका सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए। स्थानीयका अनुसार बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीया गंगा खड्का, ८ वर्षीय कृष्णा सिंजाली र १० वर्षीय दिनेश बुढा रहेका छन्।

हाल प्रहरीका अनुसार बेपत्ता बालबालिकाको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य जारी राखेका छन्।