१४ कार्तिक २०८३, शनिबार

देश विकासका लागि एमसीसी स्वीकार गरियोः महामन्त्री शर्मा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि अमेरिकी सहयोग परियोजना (एमसिसी) लिइएको बताउनुभएको छ ।

कांग्रेस भद्रपुर–१० ले आयोजना गरेको एक कार्यक्रममा सम्बधोन गर्दै महामन्त्री शर्माले देशको आम्दानीले मात्र विकास सम्भव नहुने भएकाले अमेरिकी सहयोग लिइएको बताउनुभयो ।

“विदेशमा युवाको श्रम बेचेर पैसा कमाउने देशको पहिचान बदलेर बिजुली बेच्ने देशको रूपमा मुलुकलाई रुपान्तरण गर्न एमसिसी स्वीकार गरिएको हो”, उहाँले भन्नुभयो, “अमेरिका र चीनको अन्तरद्वन्द्वलाई पक्ष–विपक्ष बनाउन चाहनेले एमसिसीका विषयमा नकारात्मक भ्रम सिर्जना गरिरहेका छन् ।”

कांग्रेसले भोटका लागि नभई मुलुकको भविष्यका निम्ति एमसिसीको पक्षमा उभिएको उहाँको तर्क छ । “एमसिसी परियोजना विद्युत् र सडकको विकासका लागि आएको हो”, उहाँले भन्नुभयो, “यसमा कुनै दुविधा छैन, मुलुक बनाउन विदेशी सहयोग आवश्यक छ ।” –रासस