
काठमाडौँ, २८ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ७३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २ हजार २३८ पीसीआर र एन्टिजेन विधिबाट २ हजार ८२४ एन्टिजेन परीक्षण गरिएकोमा ७३ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ११ लाख १७ हजार ८१४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १९२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ९ लाख ६० हजार ८७८ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५० जना रहेको छ ।
थप १ लाख १ हजार ३०४ जनाले खोप लगाएका छन् । हालसम्म करिब डेढ करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।
हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५० जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया