२९ आश्विन २०८३, बिहिबार

नयाँबर्ष धमाकामा अमेरिकामा कलाकारले न्युयोर्क र सिकागो थर्काए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 ny2

– विजय थापा 

वाशिंगटन डिसी । २०७२ नया बर्ष धमाका भाग १ लिएर अमेरिका पहिलो पटक आई पुगेका नेपालका ख्याती प्राप्त कलाकारहरु सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’, पशुपति शर्मा, प्रमोद खरेल तथा संगिता थापा मगरको बेजोड प्रस्तुतिले न्युयोर्क र सिकागो पुरै थर्काएका छन् ।

अमेरिकाको भिन्न शहरमा एक कार्यक्रम पछि अर्को कार्यक्रम गर्दै भ्याई नभ्याई आफ्ना प्रिय दर्शकलाई प्रतिभा प्रस्फुटन गर्न कुनै कसर नछोड्ने प्रतिबद्दता साथ कलाकारहरुले देखाएको अद्वितीय प्रस्तुतिको कारण बिश्वकै सम्राट शहर न्युयोर्क थर्किन सम्म थर्किएको छ भने कार्यक्रम हेर्न नपाएर दर्शक पनि फर्कन सम्म पनि फर्किएका छन् ।

आफ्ना कलाकारहरुलाई सम्मान गर्न अमेरिकामा नेपालीहरुको सबै भन्दा ज्यादा जन घनत्व भएको न्युयोर्कका नेपाली समुदायको ओहिरोको कारण धेरै दर्शक फर्किनु परेको आयोजक संस्था रिजउड नेपाली समाज, न्युयोर्कले सामाजिक संजालबाट क्षमायाचना समेत गरेको छ ।

कार्यक्रममा सोचेको भन्दा बढि दर्शकहरुको उपस्थितिका कारण टिकट लिइसकेका केहि दर्शकहरु पनि प्रबेश गर्न नपाएको र हलको क्षमता भन्दा दर्शकको संख्या अत्यधिक भएको कारण सुरक्षामा खटिएका ब्यक्तिहरुले प्रवेश निषेध गरेका थिए ।

नेपाली समुदायहरु अन्त्यमा टिकट किन्ने प्रचलनले गर्दा धोखा खाएको बुझिएको छ भने टिकट लिई सकेको तर हेर्न नपाएकोलाई फिर्ता दिने रिजउड नेपाली समाजले जनाएको छ ।

ny1पशुपति शर्मा तथा संगिता थापा मगरको प्रत्यक्ष लोक दोहोरी ,सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’को प्रहसन तथा प्रमोद खरेलको गीत,गजलको अद्वितीय प्रस्तुतिले दर्शकले मनोरंजन लिदै कलाकारहरुलाई साथ दिदै झुमेका थिए ।

वर्ल्ड बिजनेस म्यानाजमेन्ट एंड कन्सल्टेन्ट प्रा लि का व्यवस्थापक तथा २०७२ नया बर्ष धमाका भाग १ का कार्यक्रमका संयोजक बुद्धि प्रसाद रेग्मीले रिजउड नेपाली समाजलाई बिशेष धन्यबाद दिएका छन् ।

यसैगरि बिशेष सहयोग गर्नु हुने भुवन अधिकारी, सरोज श्रेष्ठ, सहकुल खत्री, तुलसीराम आचार्य, भवानी बास्तोला, सुमन शाह, सुजन श्रेष्ठ, रबि कोइराला तथा स्वयम् सेवकमा अतुलनीय काम गर्ने ज्योति अधिकारी, जीवन अधिकारी, अग्नि ढकाल, सोमनाथ अधिकारी, पूजा शाही, अपिल सापकोटा, समुदायका सदस्य तथा न्युयोर्कका दर्शकलाई धन्यबाद दिएका छन् ।

यसै गरि सिकागोमा सम्पन्न नया बर्ष धमाका कार्यक्रममा पनि सबै सिट बिक्रि भएको थियो भने कार्यक्रमको आयोजना सिकागो फ्रेन्डसिप सोसाइटीले गरेको थियो ।

sikagoसिकागोमा पनि सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’को प्रहसनमा ताली माथि ताली पाएका थिए । प्रमोद खरेलको गीत, गजल, पशुपति शर्मा, संगिता थापा मगरको लोक गीतको बेजोड प्रस्तुतिले मन थाम्न नसकी दर्शक खुब नाचेका थिए ।

२०७२ नया बर्ष धमाका भाग १ का कार्यक्रमका संयोजक बुद्धि प्रसाद रेग्मीले सीएनएफएसका सभापति बेनी माधव कंडेल, समाजका नेतृत्वहरु टेकराज पौडेल, बाला घिमिरे, टेक केसी (दिल्लु) लाल काफ्ले, सुरज घिमिरे, ईश्वरी वाग्ले, भिम राई, शिव अधिकारी, ओम प्रकाश डुम्रे, अनिल पाण्डे, सन्ध्या राई, थानेश्वर पाठक, सिकागो समुदायका सबै नेपाली समुदाय तथा ५ घण्टाको यात्रा पार गर्दै कार्यक्रम हेर्न व्हिसकनसिन, मिल्वाकेबाट समेत आउने दर्शकलाई धन्यवाद दिएका छन् ।

२०७२ नया बर्ष धमाका भाग का सम्पूर्ण कलाकारहरुले न्युयोर्क र सिकागोका सबै नेपाली समुदायलाई अति माया गरि कार्यक्रम हेर्न आई कलाकार लाई हौसला प्रदान गर्नु हुने सबैलाई एक मुस्ट रुपमा धन्यवाद दिएका छन् ।