३० आश्विन २०८३, शुक्रबार

अमेरिकाका कार्यबाहक राजदुत घिमिरेलाई बोस्टनमा सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

america-embasser – विजय थापा 

वाशिंगटन डिसी । अमेरिकाका लागि नेपाल सरकारका कार्यबाहक राजदुत ऋषि राम घिमिरेलाई मेसाचूसेट्स राज्यको बोस्टनमा सम्मान गरिएको छ ।

कार्यबाहक राजदुत घिमिरेलाई मेसाचूसेट्स राष्ट्रमण्डलका प्रतिनिधि डोनाल्ड एच वंगले बधाई दिदै सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

उक्त सम्मान कार्यक्रममा प्रतिनिधि डोनाल्ड एच वंगले कार्यबाहक राजदुत घिमिरेलाई बधाईको साथ नेपाल र अमेरिका बिच निरन्तर सुमधुर सम्बन्ध कायम स्थापना गर्न अहम भूमिका खेलेको चर्चा गरेका थिए ।

आगामी दिनमा पनि नेपाल र अमेरिका बीच राम्रो सम्बन्ध हुने नै छ भन्दै सबै प्रतिनिधि सभाको तर्फबाट शुभकामना दिएका थिए ।

कार्यक्रम बोस्टनमा भएको थियो भने उक्त कार्यक्रममा कार्यबाहक राजदुत घिमिरेको साथमा नेपाली दुताबासका द्वितीय सचिब लेखनाथ गौतम, एनआरएन अमेरिकाका पुर्व अध्यक्ष प्रल्हाद केसी, जीबिएनसीका अध्यक्ष राम थापा, वरिष्ठ उपाधक्ष्य बिष्णुमणि आचार्य, बिरोचन नेपाल कि सल्लाहकार प्रुडेंस केसीको तथा अन्य नेपाली समुदायका सदस्यको पनि उपस्थिति रहेको जानकारी केसीले दिए ।

बोस्टन म्याराथुन दौड बम काण्डको बार्षिक दिवस प्याट्रीओट डे ब्रान्च रिसेप्सनको दिन सम्पन्न गरिएको थियो ।

कार्यबाहक राजदुत घिमिरे तथा मेसाचूसेट्स राष्ट्रमण्डलका प्रतिनिधि डोनाल्ड एच वंगले एनआरएन अमेरिकाका पूर्व अध्यक्ष प्रल्हाद केसी लाई कार्यक्रमको आयोजना गरेकोमा धन्यबाद दिएका थिए ।

america-embasser-1उक्त कार्यक्रममा बिबिध बिषयमा छलफल हुनुको साथै दुई पक्षीय बाणिज्य प्रबद्र्धन, नेपालको चिकित्सा संस्थाहरुलाई उपकरण तथा तालिम कार्यक्रम उपलब्ध गराउने बिषयमा पनि छलफल गरिएको थियो ।

छलफल कै क्रममा ब्यापार प्रतिनिधि मण्डल तथा सांस्कृतिक तथा सामुदायिक केन्द्र स्थापनाको बिषयमा पनि चर्चा गरिएको बताईएको छ ।
कार्यक्रममा मेसाचूसेट्स राष्ट्रमण्डलका प्रतिनिधि डोनाल्ड एच वंगले मेसाचूसेट्स राज्य बिल्ला (पिन) नेपाली दुताबासका द्वितीय सचिब लेखनाथ गौतम तथा एनआरएन अमेरिकाका पूर्व अध्यक्ष प्रल्हाद केसीलाई दिएका थिए ।

कार्यक्रमको प्रबन्ध केसीको पहलमा गरिएको थियो भने कार्यक्रममा दिवा भोजनको व्यवस्था तथा अतिथि सत्कार गर्ने प्रुडेंस केसीलाई सबैले धन्यबाद दिएका थिए ।