७ कार्तिक २०८३, शनिबार

जनताको साथ नै एमालेको विजयको आधार होः विष्णु रिजाल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाँ, २५ फागुन । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जनताको साथ र आकर्षण नै एमालेको विजयको आधार भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । देशव्यापी रुपमा एमाले प्रवेशको तीव्र बनेको उल्लेख गर्दै रिजालले अध्यक्ष केपी शर्मा ओली पुगेको स्थानमा दुई चरणमा पार्टी प्रवेशको कार्यक्रम गर्नुपरेको बताएका छन् । एमाले प्रति जनताको यस्तै उत्साह देखेर गठबन्धन दलहरु निर्वाचनमा जान खुट्टा कमाइरहेको समेत रिजालले उल्लखे गरे ।

यस्तो छ रिजालको विचारः

देशव्यापी रूपमा नेकपा (एमाले)मा प्रवेशको अभियान तीब्र बनेको छ । अध्यक्ष कमरेड केपी शर्मा ओलीले जहाँ–जहाँ पुग्न भ्याउनुएको छ, त्यहाँ–त्यहाँ पार्टी प्रवेश गर्नेहरूको लर्को नसकिएर दुई चरणमा कार्यक्रम गर्नुपरेको छ । बाँके, पर्सा, कपिलवस्तु, झापा, मोरङलगायतका जिल्लामा देखिएको उत्साह त नमुना मात्रै हो । यी घटना देखेरै होला, कथित गठबन्धन गरेरै भए पनि निर्वाचनमा जान सत्तारूढ दलहरूले खुट्टा कमाइरहेका छन् । नेकपा (एमाले) का तमाम नेता–कार्यकर्ताको अथक मिहिनेत, जनताको साथ र यही आकर्षक नै हाम्रो पार्टीको विजयको आधार हो ।