७ कार्तिक २०८३, शनिबार

चुनाव लक्षित अभियानमा एमाले, पार्टी प्रवेश कार्यक्रमलाई निरन्तरता (तस्बिर)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २४ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले चुनाव केन्द्रित अभियानमा होमिएको छ। सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तय गरेसँगै प्रमुख प्रतिपक्ष दल एमाले चुनावलाई लक्षित गर्दै पार्टी प्रवेश कार्यक्रमलाई निरन्तर दिएको हो। सातवटै प्रदेशमा फरक-फरक मितिमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको एमाले अहिले जिल्ला तथा पालिका स्तरमा कार्यक्रम गर्न जुटेको छ।

यसैगरी, विभिन्न पार्टीबाट एमाले प्रवेश गराउँदै स्वागत गर्न अध्यक्ष केपी शर्मा ओली देश दौडाहा अभियान थालेका छन्। मंगलबार पोखरामा आयोजित एक विशेष कार्यक्रममा ओलीले जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यसहित कार्यकर्ता एमालेमा प्रवेश गराएका हुन्।

ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गरेका छन्। उनले राष्ट्रको समृद्धि र जनताको सुखका लागि एमालेले अघि बढाएको अभियानमा सरकारबाट बाहिर पुर्‍याएपछि अल्पविराम लाग्न पुगेकाले अझै अगाडि बढाउन दिनुपर्नेमा जोड दिएका छन्।