७ कार्तिक २०८३, शनिबार

एमालेको सरकार ढलाउन संसारभरबाट षडयन्त्र भयोः अध्यक्ष ओली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २३ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्व सरकार ढाल्न देश भित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरु लागेको बताएका छन् ।

पार्टी निकट मानव अधिकारवादीहरुको संगठन मानव अधिकार एलाईन्सको पाँचौ राष्ट्रिय महाधिवेशनलाई सोमबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादीहरु मिलेर आफू नेतृत्वको सरकारलाई हटाएको बताएका हुन् ।

उनले जसले जस्तोसुकै षड्यन्त्र गरेपनि डटेर अघि बढ्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

उनले एमाले नेतृत्वको सरकारले राम्रो काम गर्दागर्दै प्रतिक्रियावादीहरु मिलेर ढालिदिएको बताए ।

अध्यक्ष ओलीले भने, ‘स्यालको यस्तो धर्म हुन्छ, एउटा स्याल कराएपछि त्यो सुनेपछि सबैले ठाडो घाँटी लगाएर ‘हुहु’ गर्नुपर्छ नत्र टाउको फुटेर मर्छ । त्यसकारण दुनियाँभरीका स्यालहरु हाम्राविरुद्ध ठाडो घाँटी लगाएर हुहु गरे । त्यसको बैचारिक र ब्यवहारिक ढंगले जवाफ दिनुपर्छ ।’

आजको समय त्यस्तो छ । तर, हामी फेसनको पछि होईन, तर्कको पछि लाग्छौं । वास्तविक रुपान्तरणका लागि लाग्छ । विश्वभरीका मानवअधिकार अवधारणा भन्दा एमाले एक कदम अगाडी छ ।’ अध्यक्ष ओलीले अरुले एमालेको उचाई प्राप्त गर्न पनि नसक्ने तर ईस्र्या गर्ने गरिरहने चलन नै भएको बताए ।