१५ कार्तिक २०८३, आइतबार

चितवनमा घर घरमा एमाले,टोलटोलमा एमाले अभियान संचालन गरिने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ फागुन । नेकपा एमाले चितवनले पार्टी अगुवा कार्यकर्ताबीच अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी सो कार्यक्रम गरिएको हो ।

एमालेले निर्वाचन आफ्नो पक्षमा पार्न ‘घर घरमा एमाले, टोलटोलमा एमाले’ नारा तय गरी अनुशिक्षण कार्यक्रमसँगै जिल्लाका सात पालिकाका ९८ वटा वडाका घरघरमा पुग्ने योजना बनाएको जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले बताए । शनिबारबाटै सुरू भएको एमालेको बृहत् घरदैलो कार्यक्रमको दोस्रो चरण चैत १ गतेबाट सुरू हुनेछ ।