६ कार्तिक २०८३, शुक्रबार

नेपाल वायु सेवा निगमको काठमाडौं–रियाद उडान शुरू हुँदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । लामो समयको अथक प्रयासपछि काठमाडौं–रियाद उडानको अनुमति नेपाल बायुसेवा निगमले पाएको छ ।

अब काठमाडौं साउदी अरेबियाको सिधा उडानबाट धेरै नेपाली लाभान्वित हुने भएका छन् ।

निगमलाई साउदी अरेवियाको जेनरल अथोरिटी अफ सिभिल एभिएशन (जीएसीए) ले हिजो आइतबार साउदी अरेवियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीको उपस्थितिमा निगमलाई उडान अनुमति प्राप्त भएको हो ।

यस उड़ान अनुमति अनुसार नेपाल वायुसेवा निगमले साउदी अरेवियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्न पाउने छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडुडयनमन्त्री प्रेमबहादुर आलेको विशेष निर्देशन र कार्यकारी अध्यक्ष युवराज अधिकारीको पहलमा यो उडान अनुमति प्राप्त भएको निगमले प्रेश बिज्ञप्ति मार्फत जनाएको छ ।

निगमले अप्रिल २०२२ देखि नै व्यावसायिक योजना अनुरुप काठमाडौं–रियाद–काठमाडौं सेक्टरमा साताको तीन बटा नियमित उडान शुरु गर्ने बताइएको छ ।