७ कार्तिक २०८३, शनिबार

भक्तपुरमा श्रीमानद्वारा श्रीमतीमाथि तेजाब प्रहार, कीर्तिपुरमा उपचार हुँदै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । भक्तपुरमा एक जना महिलामाथि आफ्नै श्रीमान्ले तेजाब प्रहार गरेका छन् ।

सूर्यविनायक नगरपालिका–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रमुख एसपी शिवकुमार श्रेष्ठका अनुसार तेजाब प्रहारबाट घाइते भएकी महिलाको उपचार भइरहेको छ ।

रसायन प्रहार गरेको अभियोेगका उनका श्रीमान् श्याम गुभाजु पक्राउ परेको प्रहरीले बताएको छ । घाइते महिलाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।