
सुर्खेत, २२ फागुन । सुर्खेतमा कालिकोटका व्यापारी कृष्ण हमाल (मिनी) को मृत्यु प्रकरणमा सुब्बाकुनाका प्रहरी सहायक निरिक्षक (असई) शेरसिंह धामीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता भएको छ ।
उनीविरुद्ध मृतक हमालका आफन्तले जाहेरी दर्ता गरेका हुन् ।
जाहेरी तिलागुफा नगरपालिका–३ का ५४ वर्षीया हिराचन्द्र हमालले आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दर्ता गराएका हुन् ।
जाहेरीमा प्रहरीको कुटपिटबाट हमालको मृत्यु भएको उल्लेख गरिएको छ ।












प्रतिक्रिया