७ कार्तिक २०८३, शनिबार

भुसा काट्ने मेसिन पल्टिएर किच्दा ५ वर्षीया बालिकाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काभ्रेपलाञ्चोक, २२ फागुन । बेथानचोक गाउँपालिका–३ लुर्कु चनौटे बस्ने रोशन श्रेष्ठकी छोरी ५ वर्षीया रीतिका श्रेष्ठको आफ्नै घरमा खेल्ने क्रममा भुसा काट्ने मेसिन पल्टिएर किच्दा शनिबार दिउँसो मृत्यु भएको छ ।

मेसिनले किचेर गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ढुङ्खर्कबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।