१५ कार्तिक २०८३, आइतबार

एमालेको झापा-काठमाडौँ सम्पर्क मञ्चको नयाँ नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा काफ्ले

8.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-एसपी उप्रेती

काठमाडौँ, २१ फागुन । नेकपा एमालेको झापा-काठमाडौँ सम्पर्क मञ्चको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ ।

कोटेश्वरस्थित केएम ब्यांकेटमा भएको झापा-काठमाडौँ सम्पर्क मञ्चको ११ औँ जिल्ला अधिवेशनले सुरज काफ्लेको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा ललित सुब्बा र मिनु पोखरेल, सचिवमा मनोज दाहाल, सहसचिवमा रामचन्द्र अर्याल र पुष्पा अधिकारी र कोषाध्यक्षमा युवराज बस्नेत निर्वाचित भएका छन् । त्यस्तै, सदस्यमा डिल्ली उप्रेती, प्रकाश ढुंगाना, विजय घिमिरे, नर्बदा बस्नेतलगायत निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष काफ्लेले आगामी निर्वाचनमा एमालेलाई विजयी गराउने भूमिका समितिले खेल्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रम एमालेका स्थायी कमिटीका सदस्य एवम् सम्पर्क मञ्च समन्वय कमिटीका इन्चार्ज लालबाबु पण्डित, सचिव इन्द्र भण्डारी लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो ।