
रोल्पा, २१ फागुन । नेकपा एमाले रोल्पाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ ।
शनिबार सम्पन्न छैठाैँ जिल्ला अधिवेशनबाट बालाराम बुढामगर अध्यक्षसहित समिति सर्वसम्मत निर्वाचित भएको हो ।
कमिटीको उपाध्यक्षमा विजय घर्तीमगर, सचिवमा अमृत बुढा मगर, उपसचिवमा ठाकुर वली र दिपक विष्ट पनि निर्विरोध निर्वाचित भएका छन् ।












प्रतिक्रिया