
काठमाडौँ, २१ फागुन । प्रेस चौतारी उपत्यका प्रदेश कमिटीको अध्यक्षमा विष्णु आचार्यसहित ३२ जना निर्वाचित भएका छन् ।
वननिर्वाचित कमिटीको उपाध्यक्षमा ज्योति जीसी र सीतामाया पौडेल, महासचिवमा घनश्याम धमला तथा सचिवमा रमेश तिमल्सिना र लीला श्रेष्ठ निर्वाचित भएका छन् भने कोषाध्यक्षमा शान्तिराम छामिछाने निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरूमा लक्ष्मी ढकाल, दिपक घिमिरे, शंकर ज्ञवाली, कृष्ण आचार्य, बिवेक आचार्य, प्रेम प्रकाश प्रजापति, गणेश ज्ञवाली, रोशनराज अर्याल, संगम लामा, जितेन्द्र घिमिरे, गंगा लामा, सुनीश आचार्य, प्रकाश समिर र गीता खड्का निर्वाचित भएका छन् ।
त्यसैगरी सन्तोष योञ्जन तामाङ, यशोदा बस्नेत, सन्तोष लुईटेल, नवराज संजेल, केशव नेपाल, गणेशराज गिरी, चुडामणि पौडेल, राजकुमार विकराल, शम्भु अधिकारी, केशर कार्की, चित्र भण्डारी र दिनेश कार्की पनि सदस्यमा निर्वाचित भएका छन् ।
शनिबार भएको अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो । अन्य केही सदस्य बैठकले मनोनित गर्ने बताइएको छ ।












प्रतिक्रिया