१५ कार्तिक २०८३, आइतबार

निजामती सेवा ऐन यथाशीघ्र जारी गर्ने प्रधानमन्त्री देउवाको भनाइ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐन यथाशीघ्र जारी गर्ने बताएका छन् ।

ऐन जारी भएपछि कर्मचारी समायोजनको क्रममा देखिएका समस्या समाधान गर्ने पनि प्रधानमन्त्री देउवाले प्रतिबद्धता जनाएका छन् ।

शनिबार काठमाडौंमा नेपाली कांग्रेस निकट नेपाल कर्मचारी युनियनको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो प्रतिबद्धता गरेका हुन् ।