१५ कार्तिक २०८३, आइतबार

अध्यक्ष ओली सुखानीमा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापाको सुखानीमा जाने भएका छन् ।

५० वर्षअघि आजकै दिन पञ्चायती शासकबाट हत्या गरिएका आफ्ना पाँचजना सहयोद्धाहरुको स्मृतिमा श्रद्धान्जली अर्पण गर्न ओली आजा झापाको सुखानी जाने भएका हुन् ।

२०२८ सालमा शुरु भएको झापाली कम्युनिस्ट क्रान्तिका चार योद्धा नेत्र घिमिरे,रामनाथ दाहाल,वीरेन राजवंशी र कृष्ण कुँइकेललाई जेल सार्ने वहानामा २०२९ साल फागुन २१ गतेका दिन इलामा र झापाको सीमानामा पर्ने सुखानीको जंगलमा लगेर हत्या गरिएको थियो ।

केपी ओली, सीपी मैनालीहरुसँगै उनीहरु पनि झापा क्रान्तिमा होमिएका थिए ।

त्यसबेला केपी ओलीलाई रौतहटमा पक्राउ गरी गोलघरमा १४ वर्ष यातनाका साथ जेलमा राखिएको थियो ।