
काठमाडौं, २१ फागुन । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा एपीएफ ब्याण्ड र ब्याण्ड अफ दी ब्रिगेड अफ ब्रिटिस गोर्खा ब्याण्डद्वारा शुक्रबार सामुहिक ब्याण्ड प्रस्तुति आयोजना गरिएको छ ।
त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल नेपालको ब्याण्ड र ब्याण्ड अफ दी ब्रिगेड अफ ब्रिटिस गोर्खाबीच बिगतदेखि नै निरन्तर रुपमा सांगितिक प्रशिक्षण तथा सामुहिक प्रस्तुती आयोजना हुँदै आएकोमा खुशी व्यक्त गरे ।
फौजी संगठनमा ब्याण्डको महत्वबारे प्रकाश पार्दै उनले संगीतले मावन स्वास्थ्यमा पुर्याउने फाइदाको साथै स्ट्रेस म्यानेजमेन्टमा पार्ने सकारात्मक प्रभावबारे चर्चा गरेका थिए ।
त्यस अवसरमा महानिरीक्षक खनालको सम्मानमा सामुहिक ब्याण्डले गार्ड अफ अनर दिनुका साथै नेपाल र यूकेको राष्ट्रिय धुन, शैलेन्द्र शरदद्वारा रचना गरिएको सशस्त्र प्रहरी बल नेपालको गीत ‘बीर हुँ म बीर बन्न चाहन्छु’को संगीती प्रस्तुती गर्नुका साथै विश्व चर्चित बिभिन्न संगीत प्रस्तुत गरेका थिए ।




















प्रतिक्रिया