१५ कार्तिक २०८३, आइतबार

समाजिक सञ्जालमा अफवाह फैल्याउने भ्रामक विषय पोष्ट नगर्न गृहमन्त्रालयको चेतावनी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० फागुन । गृह मन्त्रालयले अफवाह फैल्याउने किसिमका तस्वीर, भिडियोलगायत कुनै पनि विषयवस्तु प्रसारण नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सामाजिक सञ्जालमा सुरक्षा निकायसँग सम्बन्धित भिडियो तथा तस्बिरको दुरुपयोग गरी भ्रामक एवं झूटा शीर्षक राखेर अफवाह नफैलाउन आग्रह गरेको हो ।

त्यस्तो क्रियाकलापमा संलग्नलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारबाही गरिने मन्त्रालयले जनाएको छ ।