७ कार्तिक २०८३, शनिबार

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुरू हुँदै, नारायणकाजी श्रेष्ठले फरक मत राख्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज शुक्रबारदेखि शुरू हुँदैछ ।

शुक्रबार बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा शुरू हने बैठकमा नेता नारायणकाजी श्रेष्ठले फरक मत राख्ने तयारी गरेका छन् । जनता झुक्याएर ब्याख्यात्म घोषणाको नाम दिएर अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्न सघाएको भन्दै नेता श्रेष्ठ रुष्ट बनिरहेका छन् ।

विना संशोधन एमसीसी पारित गर्न नहुने अडानमा रहेका नेता पार्टीबाटै अलग हुने चर्चा समेत चलिरहेको छ । गत १३–१९ पुसमा सम्पन्‍न महाधिवेशनको म्यान्डेट तथा ४ फागुनको संसदीय दल बैठकको निर्णयविपरीत नेतृत्वले परिमार्जन र संशोधनबिना नै एमसीसी अनुमोदन गराउने निर्णय लिएको भन्दै उनले विरोध जनाइरहेका छन् ।

महाधिवेशन र संसदीय दलको निर्णयविपरीत ‘व्याख्यात्मक घोषणा’को भरमा एमसीसीको पक्षमा उभिएकोमा आपत्ति जनाउँदै आएका नारायणकाजी श्रेष्ठले केन्द्रीय समिति बैठकमा लिखित रुपमा फरक मत राख्ने भएका हुन् ।