७ कार्तिक २०८३, शनिबार

प्रचण्डसँगै बस्न नसकिने नारायणकाजी पक्षधरको निष्कर्ष

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ फागुन । नेकपा माओवादी केन्द्र फुटको संघारमा पुगेको छ ।

महाधिवेशनको निर्णयविपरीत अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्न अध्यक्ष प्रचण्डले साथ दिएसँगै माओवादीको विवाद चुलिएको हो ।

नेता नारायणकाजी श्रेष्ठ पक्षधर एमसीसीको घोर विरोधमा लागेको थियो । त्यतिमात्र होइन सरकारले एमसीसी पारित गर्ने निर्णय गरेसँगै माओवादी सरकारबाट बाहिरिन्छ भन्दै श्रेष्ठले अभिव्यक्ति दिएका थिए ।

तर अध्यक्ष प्रचण्डले पेलेरै अघि बढेपछि पार्टी फुट्ने देखिएको हो ।

अध्यक्ष प्रचण्डल नसुध्रिने भन्दै श्रेष्ठ पक्षका नेताहरुले माओवादी केन्द्रमा रहिरहन नसक्ने बताएका छन् ।

नेता श्रेष्ठले आइतबार प्रतिनिधिसभाबाट एमसीसी पारित गरिएपछि सामाजिक सञ्जालमार्फत गम्भीर असन्तुष्टि व्यक्त गरेका थिए ।

त्यस्तै, पूर्व एकता केन्द्र समूहका नेताहरू श्रेष्ठसहित लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, पेशल खतिवडा लगायतका नेताहरू रुष्ट बनेका हुन् ।

उनीहरुले प्रचण्डको स्वभावका कारण आफ्नो कम्युनिष्ट चरित्र समेत धुमिल हुने बताएका छन् ।