
काठमाडौं, १९ फागुन । आईएमई–पेले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ ।
आईएमई–पे एपका प्रयोगकर्ताहरूलाई फागुन १२ गतेदेखि कार्यान्वयनमा आउने गरी २ महिनासम्म यती एयरलाइन्सको उडान टिकट आईएमई–पे एपद्वारा खरिद गर्दा लक्की ड्रमार्फत नेपालका विभिन्न सुन्दर गन्तव्यहरूका लागि निःशुल्क उडान टिकट पाउने कम्पनीले बताएको छ ।
यात्रुहरूलाई सुलभ एवम्सहज हवाई यात्राका लागि प्रोत्साहन मिलोस्भन्ने उद्देश्यका साथ आइएमई पे र यती एयरलाइन्सवीच यो समझदारी बनेको कम्पनीको भनाइ छ । निःशुल्क टिकट पाउने गन्तव्यमा रारा, लुक्ला, मुक्तिनाथ, शे फोक्सुन्डोजस्ता धार्मिक वा पर्यटकीय दृष्टिले अति महत्त्वपूर्ण स्थानहरू रहेका छन् ।
यसले नेपालको बाह्य तथा आन्तरिक पर्यटनको प्रवद्र्धनमा योगदान पुर्याउने विश्वास लिइएको छ । आईएमई–पे मोबाइल वालेट एप प्रयोग गरी यती एयरलाइन्सको हवाई टिकट काट्ने यात्रुहरूले मात्र सो अफरमा सहभागि हुन पाउने कम्पनीले स्पष्ट पारेको छ ।
सो अफर सीमित अवधिका लागि मात्र चल्ने छ । अफर अवधि भरी ४ जना भाग्यशाली बिजेताहरु छानिनेछन्, जस मध्ये हरेक बिजेताले २ जनाको लागि प्रस्थान र आगमनको टिकट जित्नेछन् । भाग्यशाली बिजेताहरुले उल्लेखित गन्तब्य मध्ये एउटा रोज्न पाउने छन् ।















प्रतिक्रिया