
काठमाडौं, १९ फागुन । कामना सेवा विकास बैंकले चितवनमा थप तीन वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
चितवनको खैरहनी नगरपालिका–८ स्थित पर्सा बजारमा १३०औं, कालिका नगरपालिका–४ स्थित पदमपुरमा १३१औं र भरतपुर महानगरपालिका–२५ स्थित अमृतचोकमा १३२औं शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको जनाएको छ ।
तीन वटै शाखाबाट हिजो बुधबारदेखि कारोबार सुभारम्भ गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्गसेवा सुविधाहरु उपलब्ध गराउँदै आएको पनि जनाएको छ ।















प्रतिक्रिया