
दुबई । यूएईमा रहेका प्रवासी नेपाली कामदारहरुले नयाँ वर्ष धुमधामका साथ मनाएका छन् । उनीहरुले नयाँ वर्षले देशलाई नेताले संविधान देउन भनेर प्रार्थना समेत गरेका छन् । यूएईको जबिल पार्कमा ‘ओठ ओठमा मुस्कान छावोस् घर घरमा हर्ष नेपालमा संबिधान आवोस् यहि नयाँ बर्ष’ भन्ने देउडा गीत गाइएको थियो ।
सुदूरपश्चिम सेवा समाज यूएईको आयोजनामा आयोजित नयाँ बर्ष २०७२ को शुभकामना आदान प्रदान तथा बनभोज सँगै देउडा खेल कार्यक्रममा प्रवासी नेपालीहरुले प्रवासबाटै नेतालाई संविधान बनाउन सन्देश पठाएका हुन् ।
संस्थाका अध्यक्ष शिवराज जैशीको सभापतित्वमा अघाडि बढेको थियो, भने कार्यक्रममा नेपाली समाज यूएईका पूर्व अध्यक्ष कृष्ण ढकाल प्रमुख अतिथी थिय भने कार्यक्रमको संचालन देउडा गायक तथा संस्थाका महासचिब मान बहादुर केसीले ‘मुस्कान’ गरेका थिए ।
देउडा गीत गाएर सुरुवात गरिएको कार्यक्रममा बोल्दै मुस्कानले सुदूरपश्चिममा मनाउने बिसु त्यार, देउडा र सुदूरपश्चिम सेवा समाज यूएईले आज सम्म गरेका कृयाकलापको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमको बीच बीचमा देउडा गीत सुनाएर मनोरन्जन गर्दै उनले उपस्थित सबैको ध्यान आकर्षित पनि गराएका थिए । संस्थाका सल्लाहकार लक्षमण अधिकारीद्वारा उपस्थित अतिथि तथा सहभागीहरुलाई आफ्नो मौलिक भाषामा छोटो मिठो स्वागत मन्तब्य दिदै सुदूरपश्चिममा मनाउने बिसु त्यार, देउडा खेलको बारेमा प्रस्ट पार्दै नयाँ वर्ष २०७२ सुखमय रहोस भन्ने भावना प्रकट गरेका थिए ।
त्यस्तै, कार्यक्रमका प्रमुख अतिथी नेपाली समाज यूएईका पूर्वअध्यक्ष कृष्ण ढकालले रोजगारीको शिलशिलामा यूएईमा कार्यरत सुदूरपश्चिमेलीहरु एकजुट भई समस्या परेका नेपालीहरुको भलाई र गरीब असहायलाई सक्दो सहयोग गर्ने हेतुले चालेका कदमले सदा सफलताको शिखर चुमोस् भन्ने भावना ब्यक्त गरे ।
साथै यूएईका सबै नेपाली संघ संस्थाहरु एकजुट भएर काम गर्नु पर्ने कुरामा जोड दिए ।
















प्रतिक्रिया