१५ कार्तिक २०८३, आइतबार

राप्रपामा १४ जना केन्द्रीय सदस्य मनोनित (सूचीसहित)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा १४ जना केन्द्रीय सदस्य मनोनित भएका छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा महाधिवेशनमा महामन्त्रीमा पराजित भएकी रेखा थापासहित १४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

इलामकी लीलादेवी श्रेष्ठ, नवलपुरकी विन्दु पौडेल, धनुषाकी प्रेक्षा मल्ल, सर्लाहीकी मीना झा, सुर्खेतकी सन्तोषी शाही ठकुरी, रूपन्देहीकी स्वाती थापा पनि केन्द्रीय सदस्य मनोनीत भएका छन् ।

कपिलवस्तुकी पुष्पा रजौरिया, काठमाडौँकी लक्ष्मी तण्डुकार, उदयपुरकी समृद्धि राणा, चितवनकी मीना न्यौपाने, धादिङकी शान्ति माया गुरुङ, सप्तरीकी जयाकुमारी महतो र काठमाडौँकी सावित्रा थापा समेत केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

त्यस्तै, राप्रपाको आजै पदाधिकारी तथा केन्द्रीय समिति बैठकमा स्थानीय निर्वाचन लगायत विषयबारे छलफल हुने बताइएको छ ।