
बारा, १८ फागुन । नेकपा एकीकृत समाजवादी (नेकपा एस)को वडा कमिटी नै एमालेमा समाहित भएको छ ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–८ का नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा जिल्ला सदस्य गंगा पटेलको नेतृत्वमा रहेको वडा कमिटी एमालेमा फर्किएको हो । पटेलसहित नेपाली काङ्ग्रेस परित्याग गरी जयनाथ सहनी र भुपाल प्रसाद कुसवाहा पनि एमालेमा प्रवेश गरेका छन् ।
एकीकृत समाजवादीबाट एमालेमा फर्किनेमा बन्धन चौधरी, कृष्ण कुमार सिंह, मोहित ठाकुरलगायत ४५ जना छन् ।
नव प्रवेशी र एमालेमा फर्किने सम्पूर्णलाई एमाले केन्द्रीय सदस्य तथा बारा जिल्ला सह–इन्चार्ज सरस्वती चौधरी, एमाले बाराका पूर्वध्यक्ष देवनारायण चौधरी, प्रदेश कमिटी सदस्य भुदेब चौधरी, एमाले बाराका नेता मनोज पौडेल, जिल्ला सदस्यहरू अनिता चौधरी, सरिता सापकोटालगायतले स्वागत गरेका थिए ।
वडा अध्यक्ष पुनदेब राय भरको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष कैमुदिन अन्सारी, ९ का अध्यक्ष प्रभुनाथ चौधरी, जिल्ला कमिटीका पूर्वसदस्य सुनिल गुप्ता, त्रिलोक बिक्रम साह, मनोज साह, अनिल गुप्ता, फिरोज अन्सारी, अनेरास्ववियुका केन्द्रीय सदस्य मनिस प्याकुरेल लगायतको उपस्थिति रहेको थियो ।















प्रतिक्रिया