६ कार्तिक २०८३, शुक्रबार

कामना सेवा विकास बैंकद्वारा भक्तजनहरूलाई पानी तथा जुस वितरण

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । महाशिवरात्रिको अवसरमा कामना सेवा विकास बैंकले हिजो मंगलबार पशुपति क्षेत्रमा पानी तथा जुस वितरण गरेको छ ।

शिवरापत्रिको अवसरमा दर्शन गर्न पशुपति पुगेका भक्तजनहरूको सेवा र सुविधालाई मध्यनजर गरी पशुपति मन्दिर परिसर र चाबहिलमा शुद्ध पिउने पानी तथा जुस वितरण गरेको बैंकले जनाएको छ ।

यसैगरी काठमाडौं–३०, ज्ञानेश्वरस्थित आनन्द भैरव मन्दिरलगायत देशका विभिन्न स्थानहरूमा समेत उक्त सेवा प्रदान गरिएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष धार्मिक, सांस्कृतिक लगायत विभिन्न क्षेत्रहरुमा यस खालका सामाजिक सेवाहरु प्रदान गर्दैै आएको जनाएको छ ।