७ कार्तिक २०८३, शनिबार

पत्रकार तथा साहित्यकार बिजय कुमारको निधन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । साहित्यकार, पत्रकार तथा अधिवक्ता समेत रहेका बिजय कुमार पोखरेल (बीके पाल्पाली)को निधन भएको छ ।

लामो समयदेखि मिर्गौला रोगबाट पीडित पाल्पालीको मंगलबार राती निधन भएको हो । उनको गए राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

२०३२ सालमा पाल्पामा जन्मिएका उनी केही वर्षदेखि दुवै मिर्गौलामा समस्या आएर डायलासिस गराउँदै आएका थिए ।

पाल्पालीलाई पछिल्लो समय कोरोना सङ्क्रमणसमेत भएको थियो । पाल्पालीका एक छोरा, एक छोरी र श्रीमती छन् ।