
काठमाडौँ, १७ फागुन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेपछि सुनसान बनेको छ ।
सोमबार आन्दोलनकारीले तोडफोड गरेपछि भीडलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले सोमबार साँझ सवा ८ बजेदेखि मंगलबार बेलुका ७ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।
सरकारले प्रतिनिधिसभाको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेसँगै वीरेन्द्रनगरमा विभिन्न दलका कार्यकर्ताहरुले सोमबार चर्को प्रदर्शन गरेका थिए । ६ भन्दा बढी राजनीतिक दलहरुले सोमबार नेपाल बन्द समेत घोषणा गरेका थिए ।
प्रशासनले कर्फ्यू तोड्ने व्यक्तिलाई आवश्यकतानुसार सुरक्षाकर्मीले गोलीसमेत चलाउन सक्ने आदेश दिएपछि बजार क्षेत्र सुनसान बनेको हो ।
मुख्य बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई घर बाहिर ननिस्किन आग्रह गरेको छ ।
कर्फ्यु आदेशका कारण शिवरात्रीका कार्यक्रमहरु पनि स्थगित भएका छन् ।
मंगलबार कर्फ्यु आदेशकै बीचमा पनि प्रहरीमाथि लुकीछिपी ढुंगा हान्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । त्यही हालसम्म २० जना बढीलाई पक्राउ गरिएको जनाइउको छ ।















प्रतिक्रिया