
काठमाडौं, १७ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले वर्तमान सत्ता गठबन्धनको षडयन्त्रहरू र अमेरिकी सहयोग एमसीसीबारे धारणा सार्वजनिक गर्ने भएको छ ।
आज मंगलबार पत्रकार सम्मेलन गरी सत्ता गठबन्धनको षडयन्त्र र एमसीसीबारे धारणा सार्वजनिक गर्न लागिएको एमालेले जनाएको छ । प्रचार विभाग एवम् प्रसार उपप्रमुख विष्णु रिजालका अनुसार दिउसो १ बजे रोयल व्याँक्वेट तीनकुनेमा पत्रकार सम्मेलन आयोजना गरिएको हो ।
‘एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा नेकपा एमालेका आधिकारिक धारणाहरू सार्वजनिक गर्न अध्यक्ष कमरेड केपी शर्मा ओलीको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरिएको छ,’ रिजालले भने ।















प्रतिक्रिया