
काठमाडौँ, १६ फागुन । नेपाल सरकारले अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसीबारे गरेको व्याख्यात्मक घोषणालाई अमेरिकाले बेवास्ता गरेको छ ।
आइतबार सरकारमा रहेका गठबन्धनका दलहरुले व्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गरेका थिए । दलका नेताहरुले व्याख्यात्मक घोषणालाई अमेरिकाले मान्नुपर्ने बताए पनि अमेरिकाले बेवास्ता गरेको छ ।
संसदबाट अनुमोदन भएपछि अमेरिकाले एमसीसी परियोजना कार्यान्वयनको दिशामा अघि बढेको प्रतिक्रिया दिएको छ । तर, अमेरिकाले नेपाले राखेको १२ बुँदे व्याख्यात्मक घोषणाबारे केही पनि प्रतिक्रिया जनाएको छैन ।
नेपालस्थित अमेरिकी दुतावासले आइतबार एमसीसी सम्झौता संसदबाट पारित भएसँगै विज्ञप्ति जारी गरेर अब कार्यन्वयनको दिशमा अघि बढेको जनाएको छ ।
विज्ञप्तिमा ५० करोड अमेरिकी डलरको एमसीसी कम्प्याक्ट अनुमोदन भएसँगै नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुने, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुने र ढुवानीको खर्च घट्ने विश्वास विज्ञप्तीमा मार्फत व्यक्त गरिएको छ ।















प्रतिक्रिया