
मोरङ, १६ फागुन । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा लेटाङ नगरपालिका–८ बस्ने ६४ वर्षीय दिपक गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
लेटाङस्थित जाँते उच्च माबिमा ६ कक्षामा पढ्ने बालिका गत बुधबार स्कुल छुट्टी भएपश्चात घर फर्कने क्रममा बेपत्ता भएकी थिइन् । बेपत्ता बालिकालाई गत प्रहरीले शुक्रबार बिहान लेटाङ नगरपालिका–८ लालहिरा सामुदायिक बनमा मृत अवस्थामा फेला पारेको थियो ।
घटनाको अनुसन्धानपछि दिपकलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । दिपकले ती बालिकालाई विद्यालयबाट फर्किदै गर्दा बाटोमा एक्लै फेला पारी फकाई फुल्याई जंगलभित्रको बाटोबाट जाँदा छोटो पर्छ भनी लगेर शारीरिक सम्पर्कका लागि प्रस्ताव गर्दा अस्वीकार गरेपश्चात जबरजस्ती करणी गरी हत्या भएको प्रहरीको भनाइ छ । करणीको खोल्न सक्ने डरले बालिकाको हत्या भएको प्रहरीको निष्कर्ष छ ।
हत्या पश्चात गिरीले बालिकाको सबै लुगा, कपडा र जुत्ता समेत आफैले बोकेर ल्याई आफ्नै घर पछाडी रहेको खोल्सीमा जलाई घर फर्कीएको खुल्न आएको छ ।
प्रहरीले उक्त खोल्सीमा रहेको खरानीको थुप्रोबाट बेल्टको बक्कल र कडी, जुत्ताको सोलको भाग, ज्याकेटको बटमहरू र फरकको खिपहरू र सो नजिकै लाइटर समेत फेला पारी बरामद गरेको जनाएको छ ।















प्रतिक्रिया