
अमेरिका, १६ फागुन । बाल्टिमोर एसोसिएसन अफ नेपाली इन अमेरिका (बाना) को नयाँ कार्यसमिति निर्वाचनका लागि सुबोध पन्तले आफ्नो प्यानल घोषणा गरेका छन् ।
करीब २ हजार ३०० जना सदस्य रहेको संस्थामा अध्यक्ष सुबोध पन्तले अर्को एक कार्यकाल निरन्तरता दिने उद्देश्यका सुाथ प्यानलसहित उमेदवारी घोषणा गरेका हुन् ।
आफ्नो केही योजना अधुरा रहेकाले पुन अर्को एक कार्यकाल निरन्तरता चाहेको पन्तको भनाइ छ । पन्तले आगामी कार्यकालमा बानाको भवनको ऋणमुक्त गर्ने, स्थानीय अस्पतालमा नेपालीलाई निःशुल्क स्वास्थ उपचारको व्यवस्था गर्ने र सिटीबाट विभिन्न फण्ड ल्याउने काम गर्ने लक्ष्य राखेका छन् ।
आगामी अप्रिल तीन तारिकमा हुने निर्वाचनका लागि हिजो आइतबार मनोनयन कार्यक्रम सम्पन्न भइसकेको छ ।
सुबोध टीमको वरिष्ठ उपाध्यक्षमा अनिल गोदार र उपाध्यक्षमा भीम केसी छन् । यस्तै महासचिवमा सागर घिमिरे छन् ।
यस्तो छ, पन्तको प्यानल–
















प्रतिक्रिया