७ कार्तिक २०८३, शनिबार

कोरोना संक्रमणका कारण ४ हजार जनाको मृत्यु, ७५ हजार जनाको अवस्था गम्भीर

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । पछिल्लो २४ घण्टामा विश्वभर चार हजार जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ७५ हजार जना भन्दा बढीको अवस्था गम्भीर छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ४ हजार १६८ जनाको मृत्यु भएको हो । त्यस्तै ७५ हजार जना भन्दा बढी संक्रमितको अवस्था गम्भीर रहेको बताइएको छ ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ९ लाख ८३ हजार २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । तथ्यांक अनुसार हालसम्म ४३ करोड ५६ लाख ५२ हजार ३२० जनामा कोरोना संक्रमण भएको छ ।

त्यस्तै, ३६ करोड ६० लाख ९० हजार १५१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ५९ लाख ६७ हजार ३७४ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।

हालसम्म विश्वभर ६३ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ७५ हजार बढी गम्भीर अवस्थामा रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा थप १४ लाख २९ हजार १२९ संक्रमित निको भएका छन् ।