
काठमाडौँ, १५ फागुन । नेकपा एमालेका नेता एवम संघीय सांसद भीम रावलले सरकारले ल्याएको एमसीसीको घोषणा पत्रलाई ठग पत्र भएको बताएका छन् ।
आफ्नो पार्टीले आफ्ना मागहरु पूरा गराउन संसदमा नाराबाजी गरिरहेका बेला उनले भने एमसीसीका विरोधमा खरो रुपमा प्रस्तुत भएका छन् ।
उनले आफू अन्तर्राष्ट्रिय कानुनको विद्यार्थी भएको भन्दै एकतर्फी रुपमा व्याख्यात्मक घोषणा हुन नसक्ने जिकिर गरे ।
उनले सरकारले ल्याएको यो घोषणा भ्रमात्मक घोषणा भएको बताएका छन् ।















प्रतिक्रिया