
काठमाडौँ, १५ फागुन । देशभर जम्मा ८ हजार ५१७ जना कोरोनाका सक्रिय संक्रमित रहेको आइतबार स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले दिएको जानकारीअनुसार सक्रिय संक्रमित क्रमशः घट्दै गएका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा १११ जना संक्रमित थपिँदा ४१५ जना निको भएका छन् । सोही अवधिमा १ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ७१० जनामा कोरोना परीक्षण भएको थियो ।












प्रतिक्रिया