१५ कार्तिक २०८३, आइतबार

सत्तामा बसि राख्ने विषयका रुपमा एमसीसीलाई प्रयोग नगर्नुस : राजेन्द्र लिङ्देन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले एमसीसी अमेरिकाको आर्थिक सहायता मात्रै नभएको कुरा दाबी गरेका छन्। प्रतिनिधिसभाको बैठकम उनले एमसीसी पारित गर्न वातावरण बनाउन पर्ने बताएका हुन्।

संसदले गर्ने हरेक निर्णय ठिक हुन्छ भन्ने हुदैँन। त्यसमाथि यस्तो वातावरणमा ठिक हुँदैन। सबैले बूझ्ने वातावरण पाउनुपर्छ,उनले भने। एमसीसी मार्फत पैसा मात्रै नआउने भन्दै उनले त्यससँगै अरु चिजहरु पनि आउने उनले बताए।

व्याख्यात्मक टिप्पणीलाई एमसीएले मान्नेमा विश्वस्त हुन नसकिएको उनको भनाइ छ। सबैलाई गम्भीर हुन आग्रह गर्न चाहन्छौं। सत्तामा बसि राख्ने विषयका रुपमा प्रयोग नगर्नुस। यो वैदेशिक सम्बन्धमा गम्भीर हुन म अपिल गर्दछु,उनले भने।