१५ कार्तिक २०८३, आइतबार

एमसीसी नेपालको लागि खतरा छ : दुर्गा पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ फागुन । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले अमेरिकी सहायता एमसीसी नेपालको राष्ट्रिय, सार्वभौकिकता र राष्ट्रिय हितको विरुद्धमा रहेको दाबी गर्नुभएको छ ।

एमसीसीबारे संसदमा भइरहेको छलफलमा उहाँले राष्ट्रिय जनमोर्चाले यसलाई अस्वीकार गर्ने पनि बताउनुभयो । एमसीसीसँग नेपालको राष्ट्रिय हितमा आँच पुग्ने स्वार्थ जोडिएकाले यसलाई पारित गर्न नहुने पौडेलको भनाइ छ ।

अमेरिकी उपविदेशमन्त्रीले सन् २०१९ मा नेपाल भ्रमण गर्दा नै एमसीसी इन्डो प्यासिफिक रणनीति नै भएको वक्तव्य दिएकाले यसलाई नेपालले स्वीकार्न नहुने उहाँले बताउनुभयो । नेपालले सैनिक उद्देश्यका लागि अनुदान सम्झौता गर्नु नेपालको लागि खतरा हुने पौडेलको भनाइ छ ।