१५ कार्तिक २०८३, आइतबार

एमसीसी नेपालको हितमा छ, हाम्रो समर्थन रहन्छ : महन्थ ठाकुर

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ फागुन । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले राम्रो उद्देश्य र लक्ष्य लिएर आएकाले एमसीसीको विरोध आवश्यक नरहेको बताउनुभएको छ ।

संसदमा एमसीसीमाथिको छलफलमा बोल्दै ठाकुरले एमसीसीमार्फत सञ्चालन हुने आयोजनाले नेपालको विद्युत्, सडक लगायतका पूर्वाधारमा ठूलो फाइदा हुने बताउनुभयो ।

नेपालले विभिन्न सर्त र प्रक्रिया पूरा गरेर लिने एमसीसीको सहायता विशुद्ध नेपालको विकासमा मात्रै केन्द्रित रहेको ठाकुरको भनाइ छ ।