
काठमाडौँ, १५ फागुन । अभिनेता पल शाहविरुद्ध अर्को पनि जबरजस्ती करणीको उजुरी परेको छ ।
बलात्कारको आरोप लागेर प्रहरी नियन्त्रणमा रहेका अभिनेता शाहविरूद्ध पीडित गायिकाले नवलपुर प्रहरीमा अर्को उजुरी दिएकी हुन् ।
यो उजुरी गैंडाकोट इलाका प्रहरी कार्यालयमा दर्ता गरिएको बताइएको छ ।
उजुरीमा शाहले पीडित गायिकालाई गैंडाकोटको एक रिसोर्टमा सुटिङको क्रममा करणी गरेको उल्लेख छ ।
यसअघि तनहुँमा दिइएको उजुरीका आधारमा अभिनेता शाह अहिले प्रहरी नियन्त्रणमा रहेका छन् ।












प्रतिक्रिया