७ कार्तिक २०८३, शनिबार

प्रचण्डले पार्टीलाई राष्ट्रघाती कित्तामा उभ्याए: लेखनाथ न्यौपाने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ फागुन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले प्रचण्डले पार्टीलाई राष्ट्रघाती कित्तामा उभ्याएको बताएका छन् ।

न्यौपानेले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकको निर्णयप्रति आपत्ति जनाएका हुन् ।

उनले आठौँ महाधिवेशनपछि अन्य कुनै पनि समिति गठन नभएको भन्दै आइतबारको बैठकले बसेर गरेको निर्णय आधिकारिक हुन नसक्ने बताए ।

अध्यक्ष प्रचण्डले एकल निर्णय गर्दै पार्टीलाई राष्ट्रघाती कित्तामा उभ्याएको न्यौपानेको भनाइ छ ।

न्यौपानेले जारी गरेको वक्तव्यमा भनेका छन् (नेकपा माओवादी केन्द्र) को केन्द्रीय समितिको बैंठक पटक–पटक स्थगित गरिएको छ ।