२९ आश्विन २०८३, बिहिबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइयो, दिनभरी चोक चोकमा प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narendra-modi-pmनयाँदिल्ली, ६ वैशाख । भारतका समस्याले घेरिएका प्रतिपक्षी नेता राहुल गान्धीले आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीको भूमि खरिदसम्बन्धी कानुनमा संशोधन गर्ने विवादास्पद पाइलाको विरोधमा राजधानीमा हजारौँ क्रुद्ध किसानको भेलालाई नेतृत्व दिनुभयो ।

नयाँ दिल्लीमा सरकारको विवादास्पद भूमिसम्बन्धी कानुनको विरोधमा आयोजित भेलामा कङ्ग्रेस नेता गान्धीले प्रधानमन्त्री मोदी सङ्घर्षरत किसानको खर्चमा ठूला व्यापारीप्रति कृतज्ञ भएको आरोप लगाउनुभयो ।

गान्धीले भीडलाई प्रधानमन्त्री मोदीले किसानलाई आफ्नो भूमि बेच्न बाध्य बनाउने गरी कमजोर बनाउन चाहेको बताउनुभयो ।

सेतो लुगामा कङ्ग्रेस पार्टीको झण्डा फहराउँदै हजारौँ किसान उक्त विधेयकको विरोधमा दिल्लीमा भेला भएका छन् । उक्त विधेयकले व्यापारका लागि कृषिभूमि खरिद गर्न सजिलो बनाउनेछ ।

उक्त विरोध प्रदर्शन आरम्भ हुनुअगाडि नै प्रधानमन्त्री मोदीले भारतको दशौँ लाख गरिबलाई सहयोग गर्ने सरकारको पाइलाको बलियो रूपमा प्रतिरक्षा गर्नुभयो । उहाँले आफ्नो सरकारले उच्च मुद्रास्फीति घटाएको दाबी गर्नुभयो ।

उहाँले भारतीय जनता पार्टीका सांसदहरूको एक भेलालाई सम्बोधन गर्दै आफ्नो सरकार गरिबका लागि भएको र आफूहरू गरिबप्रति समर्पित रहेको बताउनुभयो । उहाँले आफूहरूले जे कुरा गरे पनि प्रतिपक्षले त्यसलाई मोड्ने गरेको अरोप लगाउनुभयो ।

गत वर्ष निर्वाचनमा शासनमा पुगेपछि प्रधानमन्त्री मोदीले अर्थतन्त्रमा सुधार गर्ने बचन दिनुभएको थियो । प्रधानमन्त्री मोदीले कारखानाका लागि भूमि खरिदको प्रक्रियालाई प्रभावकारी बनाउन, उद्योग क्षेत्र स्थापना गर्न तथा अन्य विकास परियोजना स्थापना गर्न यो विधेयक आवश्यक भएको बताउनुभयो ।

राष्ट्रिय निर्वाचनमा किसानहरू मोदीको बीजेपीको पक्षमा देखिएका थिए । उक्त विधेयकका विरोधमा दुर्गमक्षेत्रमा क्रोध बढेको छ र उनीहरूले सरकारले ठूला व्यापारको पक्षमा ऋणले थिचिएका किसानको पीडा बढाएको आरोप लगाएका छन् । भारतमा हालै बेमौसमको वर्षाका कारण बाली नष्ट भएको छ र धेरै किसानले निकै पीडा भोग्नथालेका छन् ।

कङ्ग्रेस पार्टीले राष्ट्रिय रूपमा टेलिभिजनमा प्रसारित यस कार्यक्रममा हजारौँ समर्थक परिचालन गरेको छ । यसबाट ४४ वर्षीय गान्धीलाई पार्टीको बलियो प्रमुखको रूपमा पुनः प्रस्तुत गर्न र आफ्नी आमालाई पार्टी प्रमुखको पदबाट प्रतिस्थापन गर्न अवसर प्राप्त हुने अनुमान गरिएको छ ।

भारतमा संसदको बैठक सोमबारदेखि आरम्भ हुनेछ र माथिल्लो सभामा पर्याप्त सङ्ख्या नपुगे पनि यस विधेयकलाई सरकारले अगाडि बढाउने अपेक्षा गरिएको छ ।

गत वर्षको राष्ट्रिय निर्वाचनमा अपमानपूर्वक रूपमा पराजित भएको र त्यस पछिको अनेकौँ निर्वाचनमा पराजित भएको कङ्ग्रेसले यस क्रोधलाई उपयोग गर्न चाहेको छ ।

गान्धी दुई महिनासम्म आफ्नो पार्टीको पराजयको कारणका विषयमा चिन्तन गर्न बिदा बसी फर्केको केही दिनपछि उहाँले उक्त सम्बोधन गर्नुभएको हो । निर्वाचनको पराजयलाई उहाँको नेतृत्वको क्षमताप्रति ठट्टा गर्न उपयोग गरिएको छ ।

राहुल गान्धीलाई प्रायः उहाँको ख्यातिप्राप्त परिवारमा अनिच्छुक तथा एकान्त मनपराउने सन्तानको रूपमा हेरिएको छ । यस परिवारमा उहाँका बाबु, हुजरआमा तथा बुढा हजुरबुबा सबै प्रधानमन्त्री बनेका थिए ।

भारतको उत्तरी राज्यहरूबाट बसमा ल्याइएका प्रदर्शनकारीहरूले भरिएको रामलिला मैदानमा गान्धी आफ्ना नेता भएको नारा लगाएका थिए । भीड नियन्त्रण अधिकारीहरूले भेलामा करिब एक लाखको सङ्ख्यामा जनता देखिएको जानकारी दिएका छन् ।

यस विधेयकले प्रतिरक्षा, ग्रामीण आवास, ऊर्जा, उद्योग क्षेत्रका लागि भूमि प्राप्त गर्न यसअघि लगाइएको प्रतिबन्ध हटाएको छ । हाल यस्तो भूमि प्राप्त गर्न कम्तीमा ८० प्रतिशत भूमिपति आफ्नो भूमि बेच्न सहमत हुनुपर्ने व्यवस्था छ ।

यस्तो विषयमा भूमि बेच्नुपर्दा कति व्यक्ति प्रभावित हुनेछन् भन्ने सामाजिक प्रभाव अध्ययन गर्नुपर्ने आवश्यकता पनि हटाइएको छ ।

व्यापारिक समुदायले वर्तमान आवश्यकताले परियोजना स्थापना गर्न वर्षौँ लाग्नसक्ने आरोप लगाएका छन् । सरकारले पनि यस कानुनमा सुधार गर्न र आर्थिक वृद्धिलाई सहयोग गर्न चाहेको छ ।

भूमिप्राप्ति सम्बन्धी विधेयक अगाडि बढाउने काममा विपक्षी दलले संयुक्त रूपमा बाधा दिएका छन् ।

सरकारले भूमिप्राप्त गर्ने विषयमा अस्थायी आदेश – अध्यादेश जारी गरेको छ तर कानुनमा स्थायी रूपमा व्यवस्था गर्न संसदको स्वीकृति आवश्यक छ । रासस/एएफपी