१५ कार्तिक २०८३, आइतबार

रवीन्द्र अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, १५ फागुन । नेकपा एमालेका तत्कालीन नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ । रवीन्द्र स्मृति प्रतिष्ठानले विकासको क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गर्न पुरस्कार स्थापना गर्ने भएको हो ।

शनिबार आयोजित कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष तथा रवीन्द्रपत्नी विद्या भट्टराईले २५ लाखको अक्षयकोष राखेर पुरस्कार स्थापना गर्न लागेको जानकारी दिइन् ।

शनिबार नै रवीन्द्र अधिकारी र मिडिया विषयक अन्तरक्रिया समेत भएको थियो । १५ फागुन २०७५ मा अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटनामा परेको थियो ।

पुरस्कार हरेक वर्ष २२ वैशाखमा अधिकारीको जन्मदिनमा वितरण गरिने भट्टराईले बताइन् ।