७ कार्तिक २०८३, शनिबार

परीक्षा दिँदै गरेको अवस्थामा नक्कली परीक्षार्थी पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सुर्खेत, १५ फागुन । वीरेन्द्रनगर नगरपालिका–७ ईत्रामस्थित श्री कृष्ण माविमा सञ्चालित प्रहरी जवान (प्राविधिक ) तर्फको परीक्षामा नक्कली परिक्षार्थी बनि परीक्षा दिँदै गरेको अवस्थामा जुम्ला कनका सुन्दरी गाउँपालिका–८ बस्ने २३ वर्षीय लक्ष्मी प्रसाद सन्ज्याललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै भाइ २० वर्षीय अग्नि प्रसाद सन्ज्यालको नाममा परीक्षा दिँदै गरेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरिएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।