१५ कार्तिक २०८३, आइतबार

कर्णाली नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मान्म, १५ फागुन । कालीकोटको पलाँता र पचालझरना गाउँपालिकाले कर्णाली नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु गरेका छन् । पलाँता गाउँपालिकाको घाटाचौरदेखि पचाल झरना गाउँपालिकाको लाफा पडेक्षासम्म कर्णाली नदीको चार किलोमिटरमा र्‍याफ्टिङ सञ्चालन गर्नका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको हो ।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवाल, रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बराल, पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम, सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीलगायतको टोलीले चार किलोमिटर र्‍याफ्टिङ  गरेर अध्ययन सुरु गरेको पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले बताउनुभयो ।

कर्णाली नदीको बहुप्रयोग योजनाअन्तर्गत र्‍याफ्टिङको सम्भाव्यता अध्ययन सुरु गरिएको उहाँले बताउनुभयो । “यहाँको पर्यटक प्रवद्र्धन र रोजगारी अभिवृद्धिका लागि गाउँपालिकाले कर्णाली नदीमा र्‍याफ्टिङको सम्भाव्यता अध्ययन सुरु गरेको छ”, उहाँले भन्नुुभयो, “सम्भाव्यता अध्ययन सफल भएको छ ।

अब छिट्टै नै कर्णाली नदीमा र्‍याफ्टिङ सञ्चालन गर्नेछौँ ।” उहाँले हामी पचालझरना आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको पर्खाइमा छौँ भन्दै पचालझरना हेर्न आउने पर्यटकलाई दृष्टिगत गरेर गाउँपालिकाले कर्णाली नदीमा ¥याफ्टिङ सञ्चालन गर्ने योजना अगाडि सारेको बताउनुभयो ।

कर्णाली नदीमा ¥याफ्टिङको सफल परीक्षण भएको र्‍याफ्टिङ  पर्यटन व्यवसायीले मनराज सिंम्खडाले बताउनुभयो । “कालीकोटको पचालझरना नेपालकै अग्लो झरनाका रुपमा चिनिएको छ । यसको उचाइ ३,८१ मिटर रहेको छ”, उहाँले भन्नुभयो, “नेपाल सरकारको ६४औँ र कर्णाली प्रदेश सरकारको ४०औँ पर्यटकीय गन्तव्यकोे सूचीमा यसलाई राखिएको छ ।”

गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालका अनुसार प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा पचालझरना पुग्न आठ किलोमिटर सडक र होमस्टे निर्माण गरिएको छ । पचालझरना हेर्न आउने पर्यटकलाई लक्षित गरी गत वर्षदेखि सञ्चालन गरिएको होमस्टेमा विदेशी पर्यटक न्यून मात्रामा आउने गरेका छन् । पचालझरनामा पर्यटक भित्रियाउनका लागि पूर्वाधार निर्माणका काम जारी रहेको उहाँले बताउनुभयो ।–रासस