१५ कार्तिक २०८३, आइतबार

आफै पुगे पल प्रहरी कार्यालय

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ फागुन । अभिनेता पल शाहले आत्मसमर्पण गर्दै प्रहरी कार्यालय पुगेका छन् । शाहले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन्  आइतबार बिहानै फेसबुक स्टाटस लेख्दै शाहले शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने जानकारी दिएका थिए ।

उनले फेसबुकमा लेखेका थिए– ‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु २’ गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु ।

नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरी सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’