
काठमाडौँ, १५ फागुन । एमसीसीबारे निर्णय गर्न बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । यद्यपि के निर्णय भयो भन्ने खुलेको छैन ।एमसीसी पास गर्न अमेरिकाले दिएको समयसीमा सकिन लाग्दा सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसेको थियो । आईतबार बिहान देखि बसेको बैठक भर्खरै सकिएको हो ।
बैठक सकिएर नेताहरु वालुवाटारबाट माओवादी केन्द्रका अध्यक्ष तथा जसपा अध्यक्ष उपेन्द्र यादव बाहिरिसकेका छन् । आजै दिउसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ । आजको संसद बैठकमा एमसीसीबारे छलफल हुने सम्भावना छ । अमेरिकाले नेपाललाई एमसीसी पास गर्न दिएको समयसीमा भोलि सकिँदै छ ।












प्रतिक्रिया