१५ कार्तिक २०८३, आइतबार

बाबुराम भट्टराईले प्रचण्ड र नेपाललाई भनेः भेडाको खोल ओढ्ने ब्वाँसाहरू

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ फागुन । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई ‘भेडाको खोल ओढ्ने ब्याँसा’को संज्ञा दिएका छन् ।

अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन गर्ने विषयमा प्रचण्ड र नेपालले दोहोरो भूमिका निर्वाह गरेपछि भट्टराईले यस्तो कटाक्ष गरेका हुन् ।

‘कुनैपनि राजनीतिकरसामाजिक मुद्दामा पक्ष र विपक्ष हुनु स्वाभाविक कुरा हो । पक्ष र विपक्षमा हुने दुवैले आफ्नो सोंचरनिष्ठाको धर्म निर्वाह गर्छन्,’ भट्टराईले आइतबार विहान सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘तर आफ्नो निजीरदलीयरगुटीय स्वार्थनिम्ति दोहोरो भूमिका खेल्नेहरू समाजका दुश्मन हुन् १ भेडाको खोल ओढ्ने ब्वाँसाहरू बढी खतरनाक हुन्छन् भन्ने बुझौं ’