
काठमाडौं । सरकारमा रहेका पाँच राजनीतिक दलहरूको बैठक आज बस्दैछ ।
बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना, एमसीसी अघि बढाउने बारेमा साझा सहमति गर्ने तयारी छ ।
एमसीसी परियोजनाको बारेमा पुरक प्रस्ताव अघि सारेर भए पनि यसलाई पारित गर्न नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी तयार भएपछि सत्ता गठबन्धन दलको बैठकमा सहमति गर्न लागिएको बालुवाटार स्रोतले जनाएको छ ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले एमसीसी अघि नबढे गठबन्धन तोडेर भए पनि नेकपा एमालेसँग सहकार्य गर्ने चेतावनी दिएपछि माओवादी केन्द्र र नेकपा एस अप्ठ्यारोमा परेका छन् ।















प्रतिक्रिया